खेलकुद

खेल जीवनको महत्वपूर्ण उपाधीका साथ लियोनल मेस्सी

एसिया महादेशमा कतारले आयोजना गरेको २०२२ को फिफा वल्र्डकपको फाइनल दुई शक्तिशाली फुटबल प्रतिद्धन्द्धी अर्जेटिना र फ्रान्सले २०२२ डिसेम्बर १८ मा कतारको लुसेल रंगशालामा भिड्दै थिए । यो फुटबल फाइनल दुवै टिमको लागी इतिहास रज्ने अवसरको रुपमा रहेको थियो । फ्रान्सलाई लगातार द्रोस्रो पटक वल्र्डकप जिति इतिहास रज्ने अवसर रहेको थियो भने अर्जेटिनालाई ३६ वर्ष पछि वल्र्डकप उपाधि जित्ने अवसरको साथै २१ औँ शताब्दीका महान सर्वोत्कृष्ट खेलाडी मेस्सी लाई वल्र्डकप उपाधी जित्ने अन्तिम मौका समेत थियो । यो फाइनल युरोपियन फुटबल शक्ति र दक्षिण अमेरिकी फुटबल शक्ति बिचको फुटबलको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धात्मक फाइनल समेत थियो ।

लियोनल आन्द्रेस मेस्सीको जन्म अर्जेटिनाको रोसारियो सहरमा सन्१९८७ जुन २४ मा भएको थियो । उनलाई बाल्यकालमा उचाई नबढ्ने रोग लागेको थियो र उनको बाल्यकालको क्लब न्यु ब्वाइज क्लब हो । १३ वर्षको उमेरमा रोसारियो शहर छोडी स्पेनमा आएर बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्न थालेआफनो करियरको पहिलो खेल अक्टोबर २००४ मा बार्सिलोनाबाट शुरु गरे । अर्जेटिनाबाट मेस्सीले आफनोडेब्यु २००५ मा हङगेरी बाट गरेका थिए । सन्२००८ को ओलम्पिक मेडल जितेका थिए । २००८ मै पहिलो पटक बेलोन डिअर जितेका थिए भने उनले आफनो करियरमा अहिलेसम्म सर्वाधिक बढी ८ पटक फिफा बेलुन डिअर प्राप्त गरेका छन्। मेस्सीले अर्जेटिना टिमबाट यु २३ सिनियर फुटबल वल्र्डकप समेत जितेका छन्। साथै २०२१ को कोपा अमेरिका २०२३ को युएफा र कोनेबल कप जितेका छन्। मेस्सीले आपmनो खेल करियरमा जम्मा ४४ वटा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी सम्म भएका छन्। बार्सिलोनामा १७ वर्ष खेलजीवनको सिनियर करियर बिताए बार्सिलोनामा रहँदा १० आृेटा ला लिगा कोपा डेल रे ७ पटक युएफा सुपर कप ३ पटक, फिफा क्लब वल्र्ड कप ३ पटक जितेका छन्। २०२१ मा बार्सिलोना छोडी फ्रान्सेली क्लब पिएसजीमा गएपछि त्यहाँ उनले लिग वान २ पटक ट्रफी डी च्याम्पियसन्स १ पटक उपाधी उचालेका थिए ।

लियोनल मेस्सीले आफनो खेल करियरमा क्लब स्तरमा सम्पूणर् किसिमको उपाधी र सफलता हासिल गरेक थिए भने आपmनो देश अर्जेटिनाबाट सिनियर टिममा कुनै महत्वपूणर् उपाधी जित्न नसकेको हुनाले उनी माथि उनको देश वासी तथा फुटबल पण्डितहरुले उनलाई महान फुटबलरको दर्जा दिन रुचाउदैन थिए । मेस्सी बायाँ खुटै फवार्ड हुन । उनको खेल शैली अत्यन्त कलात्मक रहेको छ । उनलाई महान फुटबलर पेले र डिएगो म्यारोडोना सँग दाँज्ने गरिन्छ र उनी सर्वकालिन उत्कृष्ट फुटबलर हुन्भनी थप पुष्टि गर्ने कार्य २०२२ को वल्र्डकप उपाधीले गर्यो त्यो भन्दा अगाडी उनले आफनो देशको लागी पहिलो उपाधी कोपा अमेरिका २०२१ मा जिते त्यसैगरी २०२२ मा युएफा कप अफ च्याम्पियन्स सिप (कोनेबल) को उपाधी उचाले ।

उनले आफनो खेल जीवनको सबैभन्दा ठुलो उद्देश्य फिफा वल्र्डकप उचाल्नु रहेको समेत बताएका छन्। मेस्सीले आफनो नेतुत्वमा आफनो अर्जेटिनालाई ५ पटक कोपा अमेरिकाको फाइनल पुयाएका थिए साथै २०१४ को ब्राजिल वल्र्डकपमा फाइनलमा जर्मनीसँग १-० गोल अन्तरले जर्मनीसँग अतिरिक्त समयमा स्तब्ध हुन पुग्यो भने त्यसपछि उनले निरासा भई आफनो राष्ट्रबाट नखेल्ने भनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास समेत लिएका थिए पछि उनले आफनो सन्यासको निणर्य फिर्ता लिई राष्ट्रिय टिममा फर्किए र २०१८ को वल्र्डकप छनोट खेलमा अर्जेटिना आफनो अन्तिम खेलमा आएर छनोट भएको थियो,जित्नै पर्ने खेलमा भेनेजुएला लाई ३-० गोल अन्तरले हराएर अर्जेटिना अन्तिम समयम वल्र्डकपमा छनोट भएको थियो भने रसिया वल्र्डकपमा क्वाटर फाइनल सम्म मात्र पुगेको थियो उनलाई सबैले आफनो देशको नेतुत्व गर्न नसक्ने भनि आलोचना गर्ने गर्दैथे ,बार्सिलोनामा रहँदा आफनो खेल कौशल भन्दा पनि जाभी,इन्एस्टा, जस्ता सहकर्मी खेलाडीले गर्दा उपाधी जितेको आरोप लाग्ने गर्दथ्यो तर उनले सायद आफनो जीवनको सबै भन्दा ठुलो उद्देश्य वल्र्डकप जित्ने रहर भने अझै पुरा गर्ने प्रयासरत थिए । ३५ वर्षको उमेरमा उनी कटार वल्र्डकप खेल्न अर्जेटिनी टिमको नेतुत्व गर्दै कतार गएका थिए । कतार वल्र्डकप भन्दा अगाडी अर्जेटिना ३६ खेलसम्म अपराजित थियो र सबै टिम सन्तुलित थियो ।

कतार वल्र्डकपमा गुप्र सी मा अर्जेटिना,पोल्याण्ड,मेक्सिको,साउदी अरेबिया थिए । अर्जेटिनाको समुह चरणमा पहिलो खेल साउदी अरेबिया सँग थियो र सबैले अर्जेटिनाले जित्ने अनुमान गरेका थिए तर अर्जेटिना पहिलो पटक विश्वकप खेलिरहेको साउदी अरेबिया सँग २-० गोल अन्तरले स्तब्ध हुन्छ । त्यसरी पहिलो खेलमा हार बेर्होदा अर्जेटिना माथि एक किसिमको दबाब सिर्जना भएको थियो र मेस्सीले खेल समाप्ति पछि फयानलाई टिममाथि विश्वाश गर्न तथा हामी फयानको विश्वास टुटाउँदैनो भनि भनेका थिए । त्यसपछिको आफनो दोस्रो खेल मेक्सिको सँग २-० ले र पोल्याण्ड सँग पनि २-० गोल अन्तरले खेल जित्छ । मेस्सीले समुह चरणको खेलमा २ अर्जेटिनाले २-१ गोलले जित्छ जसमा मेस्सीले एक गोल समेत गर्छन्। सेमिफाइनलमा अर्जेटिना क्रोसियासँग ३-० गोल अन्तरले विजय भएको थियो, फाइनल खेलको लागी दुई शक्तिशाली देश अर्जेटिना र फ्रान्स बिचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल भएको थियो । कतारको लुसेल रङगशलामा अर्जेटिना र फ्रान्स बिचको खेल ९० मिनेटमा ३-३ को बराबरी र थप गरिएको इन्जुयरी टाइममा समेत खेल ३-३ को बराबरीमा टुङगिएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो खेल ४-२ गोल अन्तरले अर्जेटिनाले जितेको थियो जसमा इमानुयल मार्टिनेजको भुमिका अत्यन्त महत्वपूर्ण रहेको थियो । उनले २ वटा पेनाल्टी शुटआउट रोकेका थिए,

वल्र्डकप जितेपपिछ अर्जेटिनी टिमको खुसीयाली र मेस्सीको अनुहारको मुस्कानको वणर्न कुनै शब्दमा गर्न सकिदैन्थियो भने अर्जेटिनी जर्सीमा ३ वटा तारा थपिएको साथै एक महान उत्कृष्ट खेलाडीको खेल जीवनको थुपै उतार चढाव पछि निरन्तरको प्रयास र जति सुकै कठिनाइमा पनि हार नमान्ने स्वभावले गर्दा एक दिन पक्कै आफनो लक्ष्यमा पुग्न सकिन्छ र सुखद अन्त्य हुन्छ भनी उनले सबैलाई प्रेरणा दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button