ब्रेकिङ न्यूूज

आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ ।


आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।
९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button