खेलकुद

समुह विजेता बन्दै नेपाल एसिसि प्रिमियर कपको सेमिफाइनलमा प्रबेश


ओमानमा जारी एसिसि प्रिमियर कप २०२४ को समुह ए को आफ्नो सबै ४ खेलमा जित हासिल गर्दै समुह विजेता बन्दै नेपाल सेमिफाइनलममा प्रबेश गरेको छ । नेपालले शुक्रबार सेमिफाइनलमा युएईसंग खेल्नेछ ।

रोहित पौडेलको कप्तानिमा नेपाली टिम सन्तुलित देखिएको छ भने अलराउन्डर दिपेन्द्र सिंह ऐरी राम्रो फर्म्याटमा रहेकाछन । ऐरीले समुह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबिया संग अन्तिम ओभरमा ६ बलमा ६ छक्का हान्दै ३६ रन बनाउँदै एकै ओभरमा ६ वटा छक्का हानै बिश्वको तेस्रो खेलाडी बने । ऐरी आइसिसि अल्लरान्डर बिश्व बरियतामा ११ औ नम्बरमा रहेकाछन ।

नेपालले आफ्नो सबै खेलमा बल र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै समुह चरणको खेलमा विजय हासिल गरेको छ। नेपालले समुह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेटले र साउदि अरेवियालाई ६ विकेटले हराएको थियो ।

अर्को सेमिफाइनलमा हङकङ र औमानले शुक्रबार खेल्दैछन् । औमान समूह बि को समुह विजेता हो भने, हङकङ समूह ए को उपविजेता हो । दुबै सेमिफाइनल शुक्रबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button