खेलकुद

चेन्नई सुपर किंग्सको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले लगातार दोस्रो हार ब्यहोरेको छ।

गएराति सनराइजर्स हैदरावादसँग चेन्नई ६ विकेटले पराजित  भएको छ। यसअघि दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको थियो।

गएरातिको खेलमा चेन्नईले दिएको १६६ रनको सामान्य लक्ष्य हैदरावादले ११ बल बाँकी छँदै ४ विकेट गुमाएको भेट्टाएको थियो।

हैदरावादका लागि एडेन मारक्रमले अर्धशतक हाने। उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए।

त्यस्तै अभिषेक शर्माले ३७, त्रविस हेडले ३१, शहबाज अहमदले १८, हेनरिच क्लासर्नले १० र नितिश कुमार रेड्डीले १४ रन बनाए।

बलिङतर्फ मोइन अलीले २ तथा दिपक चाहर र महिश थिकशानाले १/१ रन बनाए।

पहिले ब्याटिङ गरेको चेन्नईले  ५ विकेट गुमाएर १६५ रन बनाएको थियो।

 चेन्नईका लागि शिभम दुबेले सर्वाधिक ४५ रन बनाए। उनले २४ बलमा २ चौका र ४ छक्का हाने।

त्यस्तै अजिंक्य रहाणेले ३५, रविन्द्र जडेजाले ३१, रूतुराज गायकवाडले २६ रन, रचिन रविन्द्रले १२, ड्रारल मिचेलले १३ रन बनाए।

बलिङमा हैदरावादका भुवनेश्वर कुमार, नटराजन, प्याट कमिन्स, शहबाज अहमद, जयदेव उनाडकटले एक/एक विकेट लिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button