अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ।  यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button