राजनीति

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन, जहाँ प्रश्न उठ्छ त्यहाँ उत्तर दिन्छु : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख रहेको तर संलग्नता नरहेको  बताएका छन् । 

सहकारीमा मेरो नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।

गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यही उत्तर दिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button